हामी खुद्रा विक्रेताहरूलाई सशक्त बनाउँदै आर्थिक अवसरको सिर्जना गर्छौं ।
सही हो ! प्रत्येक खुद्रा विक्रेता लगभग सबै उपभोक्ताहरु सँगको मुख्य सम्पर्क बिन्दु हो। धेरैजसो FMCG कम्पनीहरूले आजसम्म पनि आफ्नो बिक्री मात्राको करिब ९०% बिक्री परम्परागत किराना व्यापार मार्फत प्राप्त गर्छन्। यद्यपि, खुद्रा विक्रेताहरू सधैं कम्पनीहरूको लागि सबैभन्दा असन्तुष्ट ग्राहकहरू हुन्छन्।
हामीले यसलाई सही तवरले सुन्यौं र उचित प्रणाली निर्माणमा लाग्यौं जहाँ अधिकांश खुद्रा आउटलेट मालिकहरूको समस्याहरू समाधान हुनेछ।
बारम्बार टिपाइएका समस्याहरू:
१. मैले मेरो ग्राहकले माग गर्ने उत्पादनहरूका उपलब्ध ब्रान्ड कसरी खोज्ने?
२. मैले बजारमा उपलब्ध सबै उत्पादनहरू कहाँ फेला पार्न सक्छु?
३. विक्रेताहरूकोमा गएर मैले प्रस्तावित उत्पादनहरूको दर कसरी थाहा पाउने?
४. के कम्पनीहरूले योजनाहरू दिन्छन्? मलाई अचम्म लाग्यो! मैले धेरै कम अफर पाएको छु।
५ . म कसरी मेरो हालको खुद्रा व्यापारलाई बढाउन सक्छु?
६. मैले किनेको उत्पादनहरू शत प्रतिशत सक्कली छन् भनेर कसरी विश्वस्त हुन सक्छु?
७. म्याद समाप्त हुन लागेका कम विक्री हुने उत्पादनहरूको बारेमा के गर्ने?
८. अर्डर गर्नका लागि फोन कलमा पैसा बर्बाद गर्नुको कुनै विकल्प प्रदान गर्न सकिन्छ?
९. म एक व्यस्त मान्छे हुँ। म कसरी मेरो ढोकामै सबै सेवाहरू प्राप्त गर्न सक्छु?
व्यावसायिकता
हामी सबै सम्बन्धित सरोकारवालाहरूलाई उचित सम्मान प्रदान गर्नमा विश्वास गर्छौं। हामी प्रत्येक तहमा हाम्रो सम्बन्ध बलियो बनाउने प्रक्रियाहरू अनुसरण गर्दछौं ।
सामूहिक प्रयास
हाम्रा प्रिमियम ग्राहकहरूका लागि सकारात्मक वातावरण सिर्जना गर्ने र धेरै मात्रामा विक्री चाहने सबै बिक्रेताहरूको कार्यसम्पादन वृद्धि गर्ने – हाम्रो साझा लक्ष्यतर्फ हामी एकजुट रूपमा क्रियाशील छौं।
डिजिटल रूपान्तरण
आजको संसारले डिजिटल प्रविधिद्वारा सञ्चालित परिवर्तनको माग गर्दछ। परिवर्तन भनेको विकास हो जसले यथास्थितिलाई चुनौती दिन्छ। हामी अगाडि बढ्नको लागि सबै परिवर्तनलाई अँगाल्छौं।
निष्ठा
हामी बलियो नैतिकता, नैतिक सिद्धान्त र मूल्यमान्यताहरूको बिना कुनै सम्झौता, निरन्तर पालनामा विश्वास गर्छौं। निरन्तर पारस्परिक वृद्धिको लागि हामी उच्च स्तरको इमानदारीको अपेक्षा गर्दछौं।
ग्राहकप्रति समर्पण
हामी हाम्रा ग्राहकहरू, विक्रेताहरू र समाजलाई उच्चतम स्तरको सेवा प्रदान गर्नमा विश्वास गर्छौं।
हाम्रो आश्वासन
खुद्रा विक्रेताहरूको लागि सही योजनाहरू
उत्पादनहरूको सबैभन्दा ठूलो विविधता
उच्च मार्जिन
कम मूल्य
छिटो डेलिभरी
सक्कली उत्पादनहरू
माग अनुरुपको उपलधता का प्रक्रियाहरू
डाटा ट्र्याकिङ
शत प्रतिशत गोपनीयता